News

2025-01-22 08:01:07

काठमाडाैंको गोंगबुस्थित ‘क्रेजी चिया भट्टी’ मा दुई जना युवकको ज्यान लिने मनसाय

काठमाडाैंको गोंगबुस्थित ‘क्रेजी चिया भट्टी’ मा दुई जना युवकको ज्यान लिने मनसायले सिसाको बोतल, ह्याम्बर र रडले कुटपिट गरेको आरोपमा प्रहरीले लमजुङका २ र धादिङका २ जना गरी ४ जनालाई पक्राउ गरेको छ।

प्रहरीले लमजुङको दुधपोखरी- ४ का २० वर्षीय सुमित तामाङ र सोही ठाउँका सुसन तामाङलाई पक्राउ गरेको हो। उनीहरुसँगै धादिङका उमेश घले र आशिष गुरुङलाई पनि पक्राउ परेका छन्।

यो समूहले गत ३० भदौमा क्रेजी चिया भट्टीमा रुपेश गुरुङ र सागर तामाङ नाम गरेका युवकहरूलाई आक्रमण गरी फरार रहेको प्रहरीले जनाएको छ।