News

2025-01-22 07:54:29

सहकारी ठगी कसुरमा लमजुङ प्रहरीले दुई जनालाई पक्राउ

सहकारी ठगी सम्बन्धी कसुरमा लमजुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जनकल्याण बचत तथा ऋण सहकारी सेवा केन्द्र ङादीको हिमालयन बैंकमा रहेको खाताबाट रकम निकासा गर्न किर्ते दस्तखत गरेको र करिब एघार करोड बाइस लाख कर्जा हिनामिना गरेको भनी प्रहरीमा जाहेरी दरखास्त परेपछि प्रहरीले मर्स्याङ्दी-३ बस्ने २८ वर्षीय बिरेन्द्र गुरुङ र ५८ वर्षीय मधु माया बगालेलाई पक्राउ गरेको हो।

उनीहरुलाई बेसीशहर-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकी मधुमाया बगाले मर्स्याङ्दी गाउँपालिका-९ को वडा सदस्य समेत हुन्। उनले नेकपा एमालेबाट वडा सदस्य जितेकी थिइन्।