News

2025-01-20 04:04:11

लमजुङको बेसिशहरबाट मकैडाँडा तर्फ जाँदै गरेको अटो बेसिशहर-०७ मयुम खोलाको पुलमा दुर्घटना भएको छ।

लमजुङको बेसिशहरबाट मकैडाँडा तर्फ जाँदै गरेको लु.प्र. ०१-००१.ह. १७३८ नम्बरको अटो बेसिशहर-०७ मयुम खोलाको पुलमा दुर्घटना भएको छ।

अटोमा चालक र तीन यात्रु सवार थिए। चालकलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ। अन्य तीन यात्रुको लमजुङमै उपचार हुँदै छ। दुर्घटनाको कारण भने खुलिसकेको छैन।

दुर्घटनामा चालक लमजुङ-०७ बस्ने ४५ वर्षीय भरत सुयाल, चितवन भरतपुर-११ बस्ने २७ वर्षीय शोभा खाति, उनको छोरी ५ वर्षीय सेजल खाति र बेसिशहर-०७ बस्ने ६० वर्षीय चिनमाया परियार घाइते भएका हुन्।